Ad Code

Responsive Advertisement

गुरु पूर्णिमा विशेष

असार २१ गते , आइतबार
२०७७

आज अलि छिटो उठ्ने अनि नुहाइधुवाइ गरी गुरुहरुलाई स्मरण गर्ने योजना थियो तर अल्छिपनाले जाँगरलाई जितेपछि कसैको केही लाग्दो रहेनछ । बिहान ६ बज्दा नबज्दै उठेर रेडियो त खोलियो तर ओछ्यान छोडेर नुहाइधुवाइ गर्न चाहीँ जाँगर चलेन । सात बजेतिर मात्र उठेर  हातमुखसम्म चाहीँ धोइयो । त्यसपछि चियाँ पकाइवरि बुनु, बसु र मैले खायौँ । अब बल्ल गुरुलाई भर्चुअली सम्झन मन लाग्यो । गुगलमा गुरुपूर्णिमासँग सम्बन्धित एउटा फोटो खोज्न पनि अल्लि समय लाग्यो । धेरैमा रोज्नै गाह्रो । त्यसपछि एउटा सामान्य स्टाट्सले एकछिन समय खायो । 

                सामग्री त तयार भयो तर पोस्ट कसरी गर्ने ! क–कसलाई ट्याग गर्ने ! एकछिनपछि पोस्ट अपलोड गरी फेसबुकमा भएका प्राय सबै जसो गुरुहरुलाई ट्याग गरे पनि सबैलाई भेटाउन सकिएन ! बसन्त कार्की सरलाई फेसबुकमा भेटाइन ! रत्नराज्य क्याम्पसमा दुई दिन मेजर इङ्गलिस पढाएका सरको त नामै भुलेछु ! त्यही बेला २०७५ एस.ई.ई. व्याच मुक्तबहादुर पुनको म्यासेन्जर कल आयो । झण्डै ५ मिनेट गफ भए ! गफपछि मिनबहादुर अर्याल सरदेखि नारायण खनाल सरसम्मका गुरुहरुलाई ट्याग गरेँ । जीवनका हरेक पलमा हामी कसै न कसैबाट केही न केही त सिकिरहेकै हुन्छौँ, दार्शनिकहरु भन्छन् ‘ हामीले मान्छेबाट भन्दा किरा फट्याङग्रा तथा जनावरहरुबाट धेरै कुराहरु सिक्न सक्छौँ ।

जे होस् आजको एकदिन हाम्रालागि गुरुप्रति कृतज्ञता प्रकट गर्ने दिन बनेको छ, चाहे त्यो भर्चुअल माध्यमबाटै किन नहोस् । फेसबुकमा आर्ई.डी. भएका गुरुहरुलाई ट्याग गरुञ्जेल खाना खाने बेला पनि भइसकेको थियो । फेरि विद्यालय पनि त जानुपर्ने । त्यसैले हामीले खाना खायौँ र म बसुन्धरा भन्दा  केही अघि विद्यालयतर्फ लागेँ । बसुन्धराले अचेल ११ बजेसम्म बुनुलाई अनलाइन पढाइमा जोड्नुपर्ने भएको छ । 

विद्यालयमा पुगेपछि हाजिरी लगाइयो अनि कम्प्युटर कक्षमा बसेर कक्षा ११ को IEMIS Update गर्ने काम गरियो । तर लेखामा तथ्याङ्क व्यवस्थापन व्यवस्थित नहुनाले दुरुस्त डाटा भने देखिएन । सररहरुलाई केही आई.टी.का कुराहरु सिकाउने अनि आफै पनि सिक्ने काम भयो । अपराह्न्न ४ः३० तिर कोठामा फर्किएर दाजाका रुपमा रोटी चिया खाइयो । तत्पश्चात STFT बर्दियाको तालिममा सहभागी भएँ । ख्ख्ब् कोडको प्रयोगसम्बन्धी कक्षा थियो तर प्रशिक्षकको बोलि अलि स्पष्ट नभएको र मेरालाई नयाँ विषय पनि भएकाले बुझ्न अलि गाह्रो भयो ।
तालिमपश्चात करिब ८ः१५ तिर खाना खायौँ अनि केहीबेर टी.भी. हेरर बुनु र बासु ओछ्यानमा पल्टिए । मैले यो डायरी लेख्न थालेँ ।

Post a Comment

0 Comments